शिर्षक : “मलाई बलात्कार गर” (कविता) – अलिशा पौडेल

<span class='c1'>शिर्षक : “मलाई बलात्कार गर”</span> <span class='c2'>(कविता) – अलिशा पौडेल</span>

ए
यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ
र मलाई बलात्कार गर
खोल मेरो टिसर्ट खोल
ब्राको हुक निकाल
र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल
र
पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
मेरा आमाहरु..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्