धन सँग हैन माया, दिल सँग लगाउने को छ ?(गजल) – शर्मिला अधिकारि

<span class='c1'>धन सँग हैन माया, दिल सँग लगाउने</span> <span class='c2'>को छ ?(गजल) – शर्मिला अधिकारि</span>

 

धन सँग हैन माया, दिल सँग लगाउने को छ ?
धुप सँग गलेको मन, प्रेम सँग जगाउने को छ ?

छहारीमै हुन्छ शीतल , भन्दै मलाई दोहोर्‍याउने
चुप्प गर्दै ओठतिर, लुकाई, भगाउने को छ ?

यो ले त्यो ले भन्दै तिम्रो, अंग अंग मान्दा पनि
सुम्पिएर फिक्रीबिना, मलाई फकाउने को छ ?

अरु बेला हाँसी खुसी, थलो पर्दा आउने याद
लठ्ठी हात समाउँदै, मुस्कान दिई सघाउने को छ ?

जिउदो हुँदा प्रेम सम्मान, मर्दा दु;खी हुने
विलौना मै बोकि घाट, हेर्दै जलाउने को छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्