पीडाका अनुभूति नदिलाऊ मलाई
तिम्रा लागि सुशेल्न अब म सक्दिनं
यात्राका बिहान भनेर बास माग्न म सक्दिन
नयां बिहानको पर्खाईमा नराख मलाई
अनिश्चित जिन्दगीका पाइला अब व्यर्थै म चाल्दिनं
विगत र वर्तमान अनि सांझविहानको बाध्यतामा तिमी कहां म आउदिनं
अझै बलिदानी बन्न नलगाऊं मलाई
आमाको मड्गलशूत्र धितो राख्न म सक्दिन
बलात्कृत चेलीको क्षतिपूर्ति तिमीलाई चढाउन म सक्दिन
सड्ग्राम क्षेत्रमा नउतार मलाई
आफ्नै रगतमाथि बिजयको झण्डा गाड्न म सक्दिनं
नजिकैको भाइको लाशमाथि रमाउन म सक्दिनं
तर,
अब पर्खिन्न नयां विहानलाई
मशाल राति नै म बाल्नेछु
आशाको रश्मि चाहिदैन मलाई
प्रचण्ड प्रकाश म नै बनेरा देखाउनेछु
मलम नलगाऊ तिमी अब मलाई
पिडा सहन म जान्दछु
अर्थहरुको परिभाषा नदेऊ मलाई
जिवनको सार्थकता म जान्दछु
निहालेर हेर मलाई
म सच्चा क्रान्तिकारी हु