बिराटनगर फाल्गुन १८ ,
पुर्वान्चल कलेज प्रिन्सेस २०१६ को लागि छानिएका प्रतियोगिका लागि प्रशिक्षण सुरु भएको छ । उनीहरुलाई नेतृत्व बिकास , बोल्ने कला , व्यक्तिव विकास लगायतका तालिम दिइने आयोजक सबिन दाहालले जानकारी दिए । सोमबार भएको प्रशिक्षण कार्यक्रममा युथ फर ब्लडका सस्थापक तथा आवर बिराटनगर डट नेटका सम्पादक सरोज कार्कीले प्रतियोगीहरुलाई नेतृत्व बिकास समन्धी तालिम दिएका थिए । प्रतियोगीहरुलाई अन्य बिभिन्न क्षेत्रका जानकार व्यक्तिहरु बोलाएर अन्य विधामा पनि प्रशिक्षण दिन लागेको दाहालले बताए । प्रतियोगिताको फाइनल चैत्रको पहिलो साता हुनेछ ।