बिराटनगर फाल्गुन २३ ,
पुर्वाञ्चल कलेज प्रिन्सेस २०१६ को आयोजनामा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पंडितसगं युवाहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पुर्व मन्त्री पंडितले युवाहरूलाई सकारात्मक सोच राख्न र आफुलाई रुचि भएको क्षेत्रमा भविष्य खोज्न पनि आग्रह गरे । उनले यहि देशमा युवाहरुले बसेर देश बनाउने बेला आएको र बिदेश गएका युवाहरूलाई पनि नेपाल फर्कन आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा उनले आफुले जीवनमा भोगेको दु:खकष्ट र सफलताका कथा सुनाएका थिए । डाक्टर बन्ने ईच्छा हुदाहुदै ईन्जिनियरिङ पढेर जागिर खान पुगेको र त्यहिबाट जिफन्टको स्थापना गरेको वहाले बताउनुभयो । कार्यक्रममा खुलेर बोल्नुभएका पंडितले आफ्नो जेल जीवन देखि आफ्नो राजनीतिक जिवनको बारे युवाहरुलाई जानकारी दिनुभएको थियो ।