बिराटनगरका सन्जीब पराजुलीको ‘झिलमिल झिलमिल’ म्युजिक भिडिओ सार्वजनिक

बिराटनगरका सन्जीब पराजुलीको ‘झिलमिल झिलमिल’ म्युजिक भिडिओ सार्वजनिक

बिराटनगर फाल्गुन २६

पहिलो नेपाली ताराको अडिसनमा आफूलाई गायक सावित गरेका विराटनगरका संजिव पराजुलीको यात्रा त रोकियो तर गायन सोख मरेन । उनी उत्कृष्ट १२ सम्म पुग्न सफल भएका थिए । करिब ८ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका उनले आफ्नो गायन यात्रा छाडेनन् ।
लामो समयपछि उनले पहिलो एल्बम ‘सुनयको’मा समावेश ‘झिलमिल झिलमिल’ बोलको गीत लिएर दर्शकमाझ आएका छन् । दीपक भट्टराइको संगीत तथा होमनाथ न्यौपानेको शब्द रहेको यो गीतको भिडियोलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।
भीडियोमा प्रदिप बास्तोला र बर्षा राउतको मोडलिङ छ । आफ्नी प्रेमिकालाई प्रेमीले विभिन्न उपनाम यो गीतमा दिएको छ ।

https://www.youtube.com/watch?v=fZM9IsWs0gs

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्