रक्सीको भट्टिमा जादा दूध बोक्न छाड अब,
युवाको भेलामा जादा भुल खोज्न छाड अब।
नाम लिन लायक तिम्रो व्यवहार नभएकोले,
पिउन लायक पानीमा बीस घोल्न छाड अब।
हिड्न सिक्दै गरेको बालक लड्छ थाहा छैन?
युवा हरुको समुहलाइ अयोग्य सोच्न छाड अब।
हामी बडदैछौ युवा सर्जकलाइ समेट्न,
सिर्जनाले भरनु पर्ने भाडाको जल पोख्न छाड अब।
हामी पक्कै सच्याउनेछौ हाम्रा कमजोरीहरु,
गर्मीको याममा धमण्डको सिरक अोड्न छाड अब।।