आफ्नो कामको मेहनत गरेका कारण सुपर मोडलको ताज पहिरीए : मोनिका

<span class='c1'>आफ्नो कामको मेहनत गरेका कारण सुपर</span> <span class='c2'>मोडलको ताज पहिरीए : मोनिका</span>

प्रेम देवान
विराटनगर, २६ फागुन । पाँचौ संस्करणको मिस पूर्वेली सुपर मोडल भब्यताको साथ मंगलबार सांझ सम्पन्न भएको छ ।
ए – वान इन्टरटेन्डमेन्टको आयोजनामा भएको प्रतियोतिाको विजेता मोनिका लिम्बु भइन् । उनले टिभियस कम्पनीको स्कुटी र गिफट ह्याम्पर प्राप्त गरीन ।DSC_1039
झापाको चारालीमा पिता लक्ष्मी र माता पार्वती लिम्बुको कोखबाट २०५५ सालमा जन्मिएकी मोनीका लिम्बु हाल विराटनगर रानी मिल्श एरीया विराटनगर २० बर्माटोलमा बस्दै आएकी छन् । हाल उनी विराटनगमा रहेको मेरील्याण्ड कलेजमा कक्षा ११ व्यावस्थापन संकायमा अध्यननरत छिन् ।
आफ्नो कामको मेहनतमा निर्भर भएकै कारण यसपालीको सुपर मोडलको ताज पहिरन सफल भएको लिम्बु बताईन् ।
प्रतियोगिताको फस्ट रनरदष्अफ असिमा चापागाई भइन भने सेकेन्ड रनरअफ काजल कर्ण भएकी छिन् । प्रतियोगिताको मिस ट्यालेन्ट प्रियङका सोहनी घोषित भइन भने मिस फोटोजेनिक पूजा बुढाथोकी, मिस क्याटवक मोनिका सुब्बा, मिस पपुलर नितिसा खड्का, मिस डिसिपिलेन सिमरन ठाकुरी, मिस स्मायल लोचन सुवेदी, मिस हियर सेलिना साह, मिस पर्सनालिटी आस्ना कोइराला भएकी थिइन ।DSC_0930
प्रतियोगिताको बिच– विचमा स्थानिय डान्स सेन्टरका कलाकार र गायक कमल के क्षेत्रि, गौरव खतिवाडाले गीत गाएर थप मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगिताको निर्णयकहरु नायक जिवन लुईटेल, नायिका वर्षा राउत, साहित्यकार गंगा सुवेदीलगायत रहनुभएको थियो । विजेताहरुहरुलाई कार्यक्रममा प्रमुख अतिथि उद्ययोगी सुरेन्द्र गोल्सा, ए – वान इन्टरटेन्डमेन्टका निर्देशक निराजन लुईटेलललगायले पुरस्कार वितरण गर्नुभएको थियो । गत वर्षको विजेता विराटनगरकी सुम्निामा खापुङ्ग लिम्बु भएकी थिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्