बिराटनगर फाल्गुन २७ ,
बिराटनगरमा चलिरहेको मिस कोशीको टप १४ प्रतियोगीलाई विभिन्न तालिम चलिरहेको छ । विभिन्न क्षेत्रका व्यक्तित्वहरुले प्रतियोगीहरुलाई नेतृत्व बिकास , उध्मशिलता बिकास , सकारात्मक सोचाइ , मिडिया क्षेत्र , समाजसेवा लगायतका बिषयमा तालिम दिदै आएको छ ।
उक्त तालिममा बिहिवारको सेसनमा डिरेक्सन नेपालका त्रिलोकेश्वर मल्लले सकारात्मक सोच,टिम वर्क र आत्मविश्वास बढाउन तालिम र उद् धोष दैनिकका प्रबन्ध निर्देशक पत्रकार बन्दु पोखरेलले मिडिया क्षेत्रका बारे तालिम दिएका थिए । प्रतियोगिताको फाइनल चैत १२ गते हुने प्रतियोगिताका निर्देशक अम्लेश कर्णले जानकारी दिनुभएको छ।