“मलाई मन परेन” (कविता) – मनिला सुबेदी

<span class='c1'>“मलाई मन परेन” (कविता)</span> <span class='c2'>– मनिला सुबेदी</span>

मन परेन
अह, मलाई मन पर्दै परेन
यस्तो झुटो आस्वाशन मलाई मन परेन……….,

गाऊ बनाउने निहुमा
घर बनाको मलाई मन परेन
देश बनाउने आसा देखाई
बैङ्क ब्यालेन्स बढाको मलाई पटकै मन परेन
अह,मलाई मन पदै परेन…..,

पिढितलाई राहतको आशा देखाई
ठगी गरेको मन परेन
जनतालाई झुठो आस्वाशन देखाई
आफ्ना आवश्यकता पूर्ति गरेको मन परेन
अह,मलाई मन पर्दै परेन
पर्दै परेन……,

कसैलाई काख त कसैलाई पाख
अह,मलाई मन परेन

कसैलाई स्वास्थ परिछ्यणको अभाब
त कसैलाई वैदेसिक उपचारको प्रभाब
मलाई मन पर्दै परेन,

कहि अशिक्षा त कहि प्राबिधिक शिक्षा
कहि दिपको अभाब त कहि दिपको प्रज्वलन
अह,मलाई पटकै मन परेन….,

कसैलाई पैसाको सास्ति त कसैलाई कुर्सिको सास्ति
कसैलाई रोजगारिको सास्ति त कसैलाई कालोबजारीको मस्ति
मलाई मन पर्दै परेन….,

अह मलाई मन पर्दै परेन
यस्तो अस्त ब्यस्तता मलाई मन परेन
मलाई मन पर्दै परेन
पर्दै परेन…………………

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्