मोडलहरुमा होलीको प्रभाव बढ्दै

मोडलहरुमा होलीको प्रभाव बढ्दै

प्रेम देवान12825649_1019544511433267_17479451_n copy
मोडलिङ क्षेत्रमा लागेको युवाहरुलाई एक जुट गराउने उद्धेश्यले यही फागुन २८ गते पोखराको पावरहाउसमा होली स्पेशल फोटो सुट गरिएको छ । विराटनगर ६ का २५ वर्षिया मोडल अमर ल्हायो मगरले पोखरामा गई होली स्पेसलको लागी मोडलिङ क्षेत्रमा आवद्ध भएका युवाहरुलाई जमघट पनि गराए । अमरले होली पर्वको महत्व झल्काउन र साथै साथी भाईहरु संग भेटघाट गराउने उदेश्यले होली स्पेशल फोटो सुट गरेको बताए ।
फोटो सुटमा Nepal Next's Top Model का विजेता प्रनिस श्रेष्ठ, संगिता पोखरेल, अनिल केसी, सुजता केसी र सञ्चारकर्मी तथा मोडल अमर ल्हायो मगर त्यसैगरी Miss Ardent का विजेता अनुशा श्रेष्ठ र Nurse/Model को तर्फबाट दिपा आधिकारी, सहभागी भएका थिए । फोटो सुटलाई पोखराका चर्चित फोटो ग्राफर सुरज श्रेष्ठ र विशाल तामाङले गरेका थिए ।

12516026_1019544854766566_1638846189_n copyचितवन, काठमान्डौ, पोखरा र विराटनगरका गरी करिब आधा दर्जन जति मोडलहरुको सहभागिता रहेको थियो । विशेष गरी होलीको रङ्ग लगाई फोटो सुट गरेको मोडल अमरले आवर विराटनगरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्