राजवशी फिल्म दखलको प्रोमो तथा गीत सार्वजानीक

<span class='c1'>राजवशी फिल्म दखलको प्रोमो</span> <span class='c2'>तथा गीत सार्वजानीक</span>

प्रेम देवान

विराटनगर ५ फागुन । राजवशीं भाषामा निर्मित कथानक चलचित्र दखलको गीत तथा प्रोमोको भिडीयो आज विराटनगरमा ईन्दे्रणी कला प्रतिष्ठान नेपाल तथा समाद परीवारको संयुत्त आयोजनामा गरिएको एक कार्यक्रम विच सार्वजानीक गरिएको छ ।
दखल फिल्मको प्रोमो तथा गीतको भिडीयोलाई कार्यक्रमका प्रमुख अतिथी रेडियो नेपालका बरिठ गायक तथा ईन्द्रेणी कला प्रतिष्ठान नेपालका अध्यक्ष रामा मण्डल र उद्योग पति तथा समाज सेवी देवकिसन मुन्दडा लगायत अन्य अतिथीहरुले सयुक्त रुपमा प्रोमो प्रर्दशनको उद्घाटन गरेका थिए ।
जय हनुमान क्रियसनको व्यानरमा निर्माण गरिएको दखल चलचित्रलाई विनोद पुडासैनीले निर्देशन गर्नुभएको छ । त्यसैगरी दखललाई बसन्त थारु र विष्णु राजवंशीले निर्माण गरेका छन् । दखलमा कथा तथा सम्वाद दिपनारायण राजवशी, छायाकंन सुमन योञ्जन, द्धन्द नविन तामाङ्ग र नृत्य कातिक राजवशीको रहेको छ । चलचित्रमा प्रवलदिप विश्वासको संगित तथा मनिषा पोखरेल,प्रवदिप विस्वास, तथा दिप नारायण राजवशीको स्वर रहेको छ । फिल्ममा विष्णु राजवशी, बसन्त थारु, पन्नालाल थारु,अनुपमा, रिया कटुवालको मुख्य भुमिका रहेको छ ।
दखलमा खास गरी समाजमा भएका कुरीतिहरुलाई अन्त्य गर्ने उदेश्य रहेको सो फिल्मका कलाकार पन्नालाल राजवशीले जानकारी दिनुभयो ।
०००००००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्