मिस कोशीको फाईनल चैत्र १३

<span class='c1'>मिस कोशीको फाईनल</span> <span class='c2'>चैत्र १३</span>

प्रेम देवान
भर्खरै सम्पन्न मिस पुर्वेली पस्चात फेरी अर्को मिस कोशीको फाईनल सस्करणको अन्तिम तयारी हुदैछ ।
आगाामी चैत १३ गते विराटनगरको नमस्कार होटलमा आयोजना हुन लागेको फाईनल राउण्डमा पुर्वका १४ युवतीहरु प्रतिस्प्रधामा उत्रिन लागेका छन् ।
करिज्मेट्रिक एडभटाईजिङ तथा जय मिडिया मेनेजमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा धनकुटा, धरान, ईटहरी र विराटनगरका १४ जना युवतीहरु सहभागी छन् । स्र्पधामा एलिना भण्डारी, अनिता लिम्बु, अनुपमा अधिकारी, सुनिता रञ्जितकार, मनिसा कार्की, निर्भिका पौडेल, निरुता पौडेल, नितिक्षा पाठक, प्रतिसा मुखिया, रञ्जना गिरी, रासिका सापकोटा, सरस्वती बस्नेत, सारदा निरौला र सिता घिमीरे रहेका छन् ।
पूर्वको विभिन्न स्थानमा भएको अडिसनबाट उनीहरुलाई छनौट गरि प्रतिस्प्रधामा उतारेको आयोजक समितिका अध्यक्ष अमलेश कर्णले जानकारी दिनुभयो ।
कोशीअञ्चल क्षेत्रमा रहेका किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगिताको फाइनलमा पुगेका किशोरीहरुलाई आयोजकले अहिले प्रशिक्षण दिदै आएको छ । मिस कोशीको कोरीयोग्राफर पुर्व मोडल सिमा कर्णले गर्दै आएकी छिन् । प्रशिक्षण अन्र्तगत नेतृत्व विकास, क्यामारा फेसिङ, आम सञ्चारक्षेत्रमा कसरी आफु अपडेट हुने, साथै सामाजिक कार्यमा पनि कसरी काम गर्ने भन्ने बारेमा प्रशिक्षण दिईरहेको कोरियोग्राफर गरिरहेकी सिमा कर्णले जाजकारी दिईन् ।
आगामी १३ गते हुने प्रतियोगिताको फाईनल विजेता हुनेले ५१ हजार रुपैया लगायत ट्रफि, गिफट ह्यापर प्रदान गरिने त्यसैगरी फस्ट रनरअपलाई ३१ हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्