उर्लाबारीमा ज्योतीले तताईन माहौल

उर्लाबारीमा ज्योतीले तताईन माहौल

उर्लाबारी । एकआपसमा रङ दलेर सद्भावका साथ दर्शकहरु होली मनाइरहेका थिए । युवायुवतीहरुको भीड पनि बाक्लै थियो । कार्यक्रममा बजिरहेको गीतमा दर्शकहरु आफ्नै सुरुमा नाँचिरहेका थिए । त्यही भीडलाई थप मनोरञ्जन दिलाउन स्टेजमा उत्तेजक शैलीमा उर्लाबारीमा देखा परिन्, गायिका ज्योती मगर ।
मोरङको उर्लाबारीमा उर्लाबारी युवा समूहद्वारा बुधबार आयोजित होली बिशेष कार्यक्रममा प्रस्तुत भएकी ज्योतीले आफ्ना आधा दर्जन गीत गाएर कार्यक्रमको माहौल बढाइन् । ज्योतीले ‘ओए ज्योती देउन एकचोटी,उही मुलाको सिक्की लगायका गीत पस्किदा दर्शकहरुको हुटिङ गर्माएको
थियो । ज्योतीको प्रस्तुतीमा मनोरञ्जन लिईरहेका दर्शकहरु गीतसँगै नाँचेका थिए ।
कार्यक्रमको मध्यभागमा उनले आफ्नो टिर्सट खोल्दै गाउँदा युवाहरु छेउमै पुग्न खोज्दा आयोजकलाई स्थिती सम्हाल्न कठिन भयो । मुहारमा रंग दलिएका दर्शहरुको भीड बाक्लिँदा होली माहौल झन झन बढेको थियो । युवाहरु मात्र होईन, जेष्ठहरु पनि ज्योती ज्योती भन्दै उफ्रिरहेका थिए ।
त्यही मौकामा ज्योतीले होलीको शुभकामना दिदै भनिन्, ‘उर्लाबारीबासीको अपार माया र सद्भाव पाएँ, मलाई सधै यस्तै माया गर्नुहोला ।’ कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति समेटिएको थियो । यसैगरी मोरङको इटहरामा होली पर्वको अवसरमा हाडीफोर प्रतियोगिता, स्लो बाईक रेस, डान्स प्रतियोगिताको आयोजना गरिएको आयोजक बुलेट गाइज क्लबका संयोजक कमल वाइवाले बताए ।

प्रस्तुती – तेजन खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्