पुर्वान्चल कलेज प्रिन्सेस २०१६ राईले जितिन

पुर्वान्चल कलेज प्रिन्सेस २०१६ राईले जितिन

बिराटनगर चैत्र १३
एड होम एडभरटाईजिङले आयोजना गरेको अपार पुर्वान्चल कलेज प्रिनसेसको ताज केम्मी राईले हात पार्न सफल भएकी छिन । कलेज पढ्ने छात्राहरुको सौन्दर्य मात्र नभएर उनिहरुलाई समाजमा स्थापित गराउने ऊद्देश्यका साथ स्थापना भएको कलेज प्रिन्सेसको दोस्रो संकरणको बिजेता अर्निको कलेजकी केम्मी राई भएकी हुन भने पहिलो रनरअप शिक्षादिप कलेजकी स्वृक्रिति प्याकुरेल र दोस्रो रनरअप ग्रिनलेन्ड कलेजकी सवनम बिश्वास भएकी हुन ।
बिराटनगरको एक्वा पार्कमा भएको फाईनल कार्यक्रमको मुख्य प्रयोजक मयुर अपार बिस्कुट रहेको थियो भने सह-प्रायोजक होन्डाई , सास्थम केलज , रुङ्टा कलेज अफ ईन्जिनियरिङ ईन्डिया र एस एम कलेज रहेको थियो । कर्यक्रमको मिडिया पाटनर मकालु टेलिभिजन र अनलाईन पाटनर आवर बिराटनगर डट नेट रहेको थियो । कार्यक्रमलाई मकालु टेलिभिजन बाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा युवा ऊधमी रोशन थापा, नायिका बर्षा सिवाकोटी , रेस्क्यु क्रिएसनका डाईरेक्टर समन अधिकारी र प्रर्यटन ब्यवसायी भवेस श्रेष्ठ रहेका थिए ।
१५ जना प्रतियोगी सहभागी ऊक्त प्रतियोगितामा बिभिन्न क्षेत्रका बिषेश अथितिहरुको ऊपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्