ईनार खन्दाखन्दै कहिलेकाँहि यति गहिरिन्छ पिडा यति अल्मलिन्छन् हातहरू कि लाग्छ तल, तल, तल. . . गईरहेछु . . .
एकदिन खन्दै गर्दा ढिस्को रिसाएर झर्यो र मलाई नसोधी बाउलाई लिएर गयो
कहिलेकाँहि त लाग्छ, म उनैलाई खोज्न माटो खनिरहेछु ।