“बिराटनगर आएपछि चाडपर्व आए जस्तो लाग्थ्यो “: वर्षा सिवाकोटी

“बिराटनगर आएपछि चाडपर्व आए जस्तो लाग्थ्यो “: वर्षा सिवाकोटी

पछिल्लो केहि समययता नेपाली सिनेमा जगतमा निक्कै धेरै शिक्षित अनुहारहरु प्रवेश गरेका छन् । यसैको नतिजास्वरुप हुन सक्छन् यि समय कलामा आधारित उत्कृष्ठ चलचित्रहरु नेपाली दर्शकले हेर्न पाईरहेका छन् । भर्खरै रिलिज भएको चलचित्र पशुपति प्रसाद तिनै मध्येको एक हो । जसले दर्शकको मन, क्रिटिक्सको प्रसंसा र बक्स अफिस तिनै कुरामा बिजय हासिल गरेको थियो । त्यस चलचित्रको प्रशंसा गर्दा एक यस्तो पात्रको नि प्रशंसा हुन्छ जसले चलचित्र भरि कुनै संवाद बोल्दिनन् तर दर्शकको मन भने पुरापुरी जित्दछिन् । उक्त पात्रको अभिनय गरेकिछिन् नवनायिका वर्षा शिवाकोटीले । विराटनगरमा पुर्खौली घर भएकि उनको पुर्खौली घर विराटनगरको बरगाछिमा रहेको छ । यहि जन्मे पनि बाल्यकाल काठमाडौं मै बितेको उनी बताउछिन् । "काठमाडौं मै हुर्किएँ तर दशै र तिहारको बेलामा घर जाने भन्दा हामी परिवारै विराटनगर आउने गर्थ्यौं” आफ्नो बाल्यकाल सम्झदै बर्षाले सुनाईन् "त्यो बेला यहाँ आएर मेला घुम्ने, टिका लगाउने र पिङ खेल्न पाए पछि मात्र पर्व आए जस्तो हुन्थियो" । तर पछिल्लो ८-९ वर्षयता घरका प्रायको बसाई काठमाडौं सरेपछि भने उनी विराटनगर आउने अवसर नमिलेको उनको भनाई छ । भर्खरै सकिएको पूर्वाचंल कलेज प्रिन्सेसको २०१६ को संस्करणमा निर्णायकको भुमिकाको निम्तो पच्छ्याउदै उनी आफ्नो बाल्यकालको स्मरण केलाउन विराटनगर आईपुगिन् ।

नाई नभन्नु ल २ को छोटो रोलबाटै सबैको नजरमा बसेकि बर्षाले त्यस लगतै नेपाली मिडियामा नवनायिकाको स्थान पाईन् । लगतै केहि म्युजिक भिडियोमा आफ्नो उपस्थिति जनाईसकेपछि नेपाली पेज थ्रीहरुमा दोहोरिरहने अनुहार बन्दै उनले भर्खरै पशुपति प्रसादबाट दोश्रो चलचित्रको रुपमा ठुलो पर्दामा उपस्थिति जनाईन् । यसमा उनले पहिलो भन्दा फरक र लामो पात्रलाई उतारेकि थिईन् ।खगेन्द्र लामिछाने जस्ता दिग्गज सम्लग्न यस चलचित्रमा काम गर्दा उनले चलचित्रको बारेमा धेरै कुरा सिकेको बताउछिन् । उनि भन्छिन् 'अभिनयको कक्षा नलिएको भएपनि रंगमंचसँग नजिक रहेको टिमसँग कार्य गर्दा धेरै जानकारी प्राप्त भयो' ।
भिडियो र चलचित्रमा छाप छोडेपछि लगातार चलचित्रहरुको अफर आउन थाले पनि आफु सेलेक्टिव हुनु परेको उनी बताउछिन् । 'अध्ययन मेरो पहिलो प्राथमिकता भएकाले लामो समय पढाईबाट ग्याप गर्न सक्दिन । भिडियो छोटो हुन्छ, एकै दिनमा सकिन्छ त्यसैले भिडियोमा देखिरहन्छु तर महिनौं समय दिनु पर्ने चलचित्रका लागि भने निक्कै सोचेर मात्र जोडिने गरेको छु ।' उनि थप्छिन् 'राम्रो कथा र टिमलाई भने नाँई भन्न सक्दिन ।'
barsha siwakotiसानो देखि नै नाच्नमा रुचि रहेकाले घर परिवार तथा स्कुल-कलेजका प्राय अवसरमा आफ्नो कला देखाउने उनले भविष्यमा कलाकार बन्छु भन्ने सोचेकै रहिनछिन् । तर कलेजका प्राध्यापकहरुले भनेपछि नाई नभन्नु ल २ मा एक रोलका लागि तयार भईन् र उनको अभिनय यात्रा सुरु भएछ । उनि भन्छिन् "यहि क्षेत्रमा अझै करियर सुरक्षित छ जस्तो लागेको छैन । पढाई अनुसार नै पछि व्यवसायमा सम्लग्न हुन्छु होला । तर यो क्षेत्रबाट हराएर भने जाने छैन ।"
उनको बिचारमा नेपाली रजतपट बिस्तारै हरेक तवरबाट उत्कृष्ठ हुदै गएको छ । नयाँ प्रवेश गर्नेहरु अधिकांश अध्ययन, ज्ञान र सिर्जनशिलताका हिसाबमा अब्बल छन् । प्रविधिको विकासले पनि धेरै कुरा सम्भव बनाएको छ । 'अब फेरि उहि पुरानो शैलीलाई निरन्तरता दिए दर्शकले स्विार्ने छैनन् ।' विगत केहि वर्षयता आएका चलचित्रले यो कुरा प्रमाणित गरेको बताउदै उनी भन्छिन 'प्रविधिको प्रयोग भएका, अभिनयलाई बढि र हिरोईज्मलाई कम प्राथमिकता दिएका आर्ट चलचित्रहरु अहिले नेपाली दर्शकले बढि रूचाईरहेका छन् ।'
उनका थप दुई चलचित्र आउदै छन् रे। सरोज खनाल, गौरी मल्ल जस्ता भेटेरनहरुसँग उनले स्क्रिन सेयर गरेको 'सुब्बा साहब' छाँयाकन सकेर प्रदर्शनीको लागि तयार भएको छ । उनी भन्छिन् ०७३ सालको बैशाखतिर रिलिज हुन्छ होला । "पारिवारिक कथामा बनेको यस चलचित्रमा एउटा नारीको छोरी, प्रेमिका, पत्नि, आमा जस्ता विभिन्न चरित्र निर्वाह गरेकि छु " उनले थपिन् "मेरो लागि अभिनयमा नयाँ प्रयोगको अवसर थियो सुब्बा साहबमा काम गर्नु । दिग्गज कलाकारसँग काम गरेपछि अभिनयबारे थप जान्ने ईच्छा पलाएको छ । अब चाँडै अभिनय कक्षा लिने ईच्छा छ ।"
यसै गरि उनको अर्को चलचित्र 'गाजा बाजा' भने निर्माणको तयारीमा छ । 'यो आर्ट बेस मुभि हो' उनले भनिन् 'नामको कारण निर्माणमा केहि ढिलाई भईरहेको छ । चाँढै सुरु हुन्छ होला ।'

यहि क्षेत्रमा आफ्नो करियर नदेखिसकेकि बताउने उनिसँग कुराकानी गरिरहँदा उनको लत भने यतै बसिसकेको स्पष्ट देखिन्थ्यो । उनले भनिन् 'एउटै डेस्कमा बसेर भने काम गर्न अब सक्दिन भन्ने चैं पक्का छ । नयाँ मानिससँग भेट्न । सम्पर्क बृद्धि गर्न यो क्षेत्रले सिकाएको छ। पहिलो प्राथमिकता अध्ययन भए पनि यो क्षेत्र टाढा हुनेछैन ।'

यो बिच विराटनगरमा उनले थुप्रै स्मरण सम्हालिन् र जानेबेलाको उनको फेसबुक स्टाटसले आसय बोलेको छ "विराटनगरमा अझ धेरै स्मरण बनाउन लालायित छु”।
बर्षालाई विराटनगरमा चाँडै र नेपाली सिने जगतमा नियमित देखिरहन पाँउ। हाम्रो चाहना र शुभकामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्