“अपेक्षा” कविता – विवश पोखरेल

<span class='c1'>“अपेक्षा” कविता –</span> <span class='c2'>विवश पोखरेल</span>

शालिनी

विश्वासको छाताले छेक्नु तिमीले
अविरल झर्दै गरेको पीडाको झरी
छेक्नु
तिम्रो कोमल मन पोल्ने
बाफिलो घाम
निर्बाध फूल जस्तै फुल्नु तिमी
हाँस्नु जून जस्तै
जहाँ देखियोस्
जीवनको उज्यालो रङ
टप्प अडियोस् तिम्रा ओठमा
गुलाफका पत्रमा बिम्बित शीतजस्तै
प्रगाढ जीवन सौन्दर्य
म मेरो स्वप्निल आकाशमा
फैलिएको हेर्न चाहन्छु
तिम्रो खुसी
कहिले नफर्किने गरी
बगेको हेर्न चाहन्छु
तिम्रा स्निग्ध आँखाबाट
दुःखको कालो नदी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्