जुवाडेकी जहान (कविता) – रजनी ढुंगाना

जुवाडेकी जहान (कविता) – रजनी ढुंगाना

 

जब शहर मा मंगल् धुन सुरु हुन्छ ,
जुवाडेकी जहान झोक्राउन थाल्छे,
सारा शहर उत्सव मा झुम्छ,
उ बिचरी वेदना गाउछे

जब घर घर मा फुलपाती भित्रिन्छ्न
तब जुवाडे बेपत्ता हुन्छ
रोक्छे,अनि जब रुन्छे बिचरि
जुवाडे बिछुक, भो भनी कुर्लन्छ

जब दुनिया मालश्री ,गुनगुनाउछ
जुवाडे जुवा फुक्यो ,भनी दङिन्छ
घर घर मा जब, जमरा लर्किन्छ
जुवाडे ,ती जहान सङै तर्किन्छ

अरु हर्ष ले आशीर्वाद थाप्छन
जुवाडेकी जहान लान्छना खप्छे
खसम तहलाउन नसकेकि भनी
दुनिया को खिसी टियुरी सहन्छे

सयपत्री,मखमली जब झुल्न थाल्छन
जुवाडे खाल खाल चाहार्न थाल्छ
धनतेरस मा दुनिया धन भित्र्याउछन
जुवाडे जहान को नाक कान बुच्याउछ

दुनियाँ को घर पाहुना ले भरिन्छ
जुवाडे टोलमा खाल जमाउछ
जब दुनियाँ भैलो मा झुम्छ
जुवाडेको घरमा भाड्भैलो हुन्छ

जब पर्व हरु सिधिन्छ,
जुवाडे खोक्रो ,रित्तो हुन्छ
सबलाई खुशी दिने त्यो चाडले
जुवाडेको घरबार सब रित्तिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्