पहिरो पिडीत वालिकालाई सहयोग

पहिरो पिडीत वालिकालाई सहयोग

ताप्लेजुङ चैत २७ गते : उठिवास मात्र होइन ,धेरैको ज्यान समेत लिएको पहिरोबाट आफन्त गुमाएकी एक बालिकालाई गन्तब्य नेपाल साउदी अरवले ५० हजार रुपैयाँ छात्रवृति प्रदान गरेको छ । पहिरोको पीडा भोगिरहेकी ताप्लेजुङको सान्थाक्रा ३ स्थित सिंहदेवी निमाविमा १ कक्षामा अध्ययनरत प्रतिष्ठा लिवाङलाई गन्तव्य नेपाल साउदी अरवले सहयोग गरेको हो ।
सान्थाक्रामा जन्मिएर मोरङको उर्लाबारीमा बसोवास गर्दै आउनु भएका कर्ण नाल्वो लगायतले साउदी अरव पुगेर गन्तब्य नेपालको गठन गर्नु भएको हो । खास गरी पीडामा परेका बालबालिकाहरू लागि गन्तब्य नेपालले सहयोग गर्दै आएको छ ।
गत जेठ २७ गते ताप्लेजुङको सान्थाक्रामा गएको पहिरोमा परि प्रतिष्ठाको घर बगाएको थियो भने प्रतिष्ठाले दाजु बिरु र बाजे अम्बरध्वजको पहिरोमा पुरिएर निधन भएको थियो । गन्तब्य नेपालले पठाएको उक्त रकम मोरङका पत्रकार हरि कोइराला र तेजन खड्काले विद्यालयमा नै पुगेर प्रधानाध्यापक श्यामकुमार शेर्पा र चन्द्रकुमार नाल्बोलाई हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार नाल्बोले बिकट पहाडी गाउँको स्कुलमा रहेको विद्यार्थीलाई पहिरो पीडित विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेर ठुलो गुन लगाएको बताउनुभयो । ‘पहिरो पिडीत वालिकाको पठनपाठनमा विदेशमा दुख गरेर कमाएको पैसा सहयोग गर्नुभएकोमा गन्तब्य नेपाललाई धन्यवाद तथा आभार प्रकट गर्दछौ,कार्यक्रममा बोल्दै अध्यक्ष नाल्बोले भन्नुभयो । कार्यक्रममा बोल्दै गन्तब्य नेपालका प्रतिनिधि तेजन खड्काले ताप्लेजुङ जिल्लाको विकट गाउँमा आई पुग्दा रवि नपुगेको ठाउँमा कवि पुग्छन र कवि पनि नपुगेको ठाउँमा पत्रकार पुग्छन भन्ने कुराको याद आएको बताउनु भयो । गन्तब्य नेपालका कर्ण नाल्बोले यसअघि भुकम्प पिडीत तथा मृगौला पिडीत लगायतलाई आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्