विराटनगरमा गायिका ज्योती मगरलाई आई लभ युको ओइरो

विराटनगरमा  गायिका ज्योती मगरलाई आई लभ युको ओइरो

विराटनगरमा गायिका ज्योती मगरलाई
प्रेम देवान
विराटनगरमा पहिलो पटक साँस्कृतिक कार्यक्रममा सहभागी हुन आईपुगेकी हट एण्ड सेक्सी उपनाम कमाएकी गायिका ज्योती मगरलाई विराटनगरका आफ्ना डाईहट फ्यानहरुले आई लव यु ज्योती भन्नेहरुको ओईरो लागेको थियो ।
नयाँ वर्षको अवसर पारेर पूर्वाञ्चल आइटिएफ तेक्वान्डो एशोसिएशन विराटनगरले मंगलबार सांझ गायिका तथा मोडल ज्योती मगरलाई हेर्न विराटनगर ५ मा रहेको एशिया टिक होटेलको हलमा भरीभराउ थियो ।
मोडल तथा नायक जतिन ताम्राकारले उदघोषन गर्दै स्टेजमा पाहिला टेक्दै दर्शकलाई – भने आज तपाईहरु के का लागी आउनुभएको ? अनि दर्शकको तर्पmबाट हुटिङ्ग आयो ज्योती मगर ज्योती मगर भनेर । जतिनले बल्ल बल्ल दर्शकलाई शान्त बनाए । नभन्दै ज्योती मगर रातको समय अनि रातो पहिरानमा आएपछी दर्शकलाई के नै पो चाहियो र हल पुरै हुटिङ्ग अनि हातको औलाले सिटी बजाउदै गुम्जनमय हुन थाल्यो ।
पछिल्लो समयमा उत्तेजित तथा आदा वक्षस्थल देखिने गरी नृत्य प्रस्तुत गरी चर्चा कमाएकी मगरले विराटनगरमा पनि कार्यलाई निरन्तरत्ता दिईन् । हलमा गुम्जीएको डिजे वक्स साउण्ड तथा डिजे लाईटले गर्दा हलको आर्कषण नै बेग्लै छाएको थियो ।
तल पनि विरालो माथी पनि विरालो चोरी खान पल्केको ढाडे विरालालो भन्ने गीतबाट सुरु गरेको ज्योतीले करीब सुरुमा एक घन्टा विराटनगरका दर्शकलाई नचाईन् । गीत प्रस्तुत गर्नासाथ दर्शकको तर्फबाट आई लव यु ज्योती भन्नेहरु प्रसस्त दखिन्थे । ज्योतीले बेला बेलामा आई लव यु अंकल भनेर जवाफ दिदां दर्शकहरु हांसोको पात्र बन्ने गर्दथे ।
ज्योती ५ देखी १० वटा सम्म गीत गाएकी थिईन् ।
विच विचमा अन्य स्थानिय कलाकार पारस थापा, सुमित खड्का, निलम ढुंगाना, प्रजिता दङ्गाल लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
राती १२ बजे सम्म चलेको कार्यक्रमले गर्दा नयां वर्षको आवगमनलाई पनि स्वगत गर्दै कार्यक्रम भएको थियो ।

ज्योतीको बेजोड प्रस्तुति हेर्नका लागि विराटनगरका उद्योगी, व्यवसायी, राजनितीक। सरकारी कर्मचारी तथा सञ्चारकर्मीहरुको पनि उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्