साहित्य : “गजल” – शर्मिला अधिकारी

साहित्य : “गजल” – शर्मिला अधिकारी

 

जातिय राज्य माग्नेले ,नेपाल छोड्नु पर्छ।
नेपाली हौ भने त ,इतिहास जोड्नु पर्छ ।।

के प्रदर्शन गर्छौ शक्ति ,ढुङ्गा भाला मुडाको?
सकिन्थ्यो भने त ,पखान फोड्नु पर्छ ।।

कुन देशका हौ तिमी,के हो तिम्रो जात् धर्म ?
नेपाली भए त, नेपाल लाई गोड्नु पर्छ ।।

जे छ हाम्रो पहिचान ,यै फुलबारीमा छ ।
सबै जात धर्म मिली ,नेपाल गोड्नु पर्छ ।।

हामी नेपाली हाम्रो देश ,विश्वले चिनेको।
धर्म र जातको लडाइ ,अब तोड्नु पर्छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्