विराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको अडिसन १५ गते देखी

विराटनगरमा मिस्टर एण्ड मिस एसएलसीको अडिसन १५ गते देखी

प्रेम देवान
विराटनगर १२ बैसाख । मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को अडिसन यही बैसाख १५ गते देखी विराटनगरमा हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरी प्रतियोगिता गर्न लागीएको जनाएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. आज विराटनगरको नमस्कार होटलमा पत्रकार सम्मेलन गरी कोशी अञ्चलभरीका छात्रछात्राहरुले सहभागी जनाउन सक्ने गरी हुन लागेको प्रतियोगीताको यही १५ गते विराटनगरको नमस्कार होटलमा हुने जनाएको छ ।
मोफसलमा रहेका युवाहरुको व्यक्तित्व विकास गर्नुको साथै उनीहरुलाई पढाईप्रति लगाभ राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको म्यानिजमेन्टका निर्देशक जयराज रायले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिले फर्महरु वितरण भइरहेको बताए ।
आगमी जेठ १५ गते हुने फाइनलको विजेताले विराटनगरमा रहेको शिक्षादीप कलेजमा कक्षा १२ सम्म निः शुल्क रुपमा अध्ययन गर्न पाउने भएका छन् । फस्ट र सेकेन्ड रनरअफकाहुनेलाई पनि छात्रवृद्धी रहेको निर्देशक रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्