साँचै मरेका मान्छे कहाँ जान्छन होला?
बाटोमा साथमा के चिज लान्छन होला ?
धर्तिमा त यता उता गरि पेट पाल्थे,
यमलोकमा चाहिँ के के खान्छन होला ?
इष्टमित्र साथिभाई यहि छोडि जादा,
कसलाई आफन्त भनि ठान्छन होला ?
कोहि हिन्दु कोहि मुस्लीम यहाँको धर्म,
धर्ति जस्तै त्यहाँ के धर्म मान्छन होला?