“तिमीले धोका दिएर” को म्युजिक भिडियो छायांकन सम्पन्न

“तिमीले धोका दिएर” को म्युजिक भिडियो छायांकन सम्पन्न

प्रेम देवान
गायक दिपक किरातीको चाहा एल्बममा समाबेश गरिएको गीत – तिमीले धोका दिएर नै भन्ने गीतको म्युजिक भिडीयोको छांयाक्न भर्खर सकिएको छ । चर्चित गायिका अन्जु पन्त को स्वरमा सजिएको गीतमा ओम प्रकास राइको संगित तथा संगिता बायुङ्गराइको शब्द रहेको छ । म्युजिक भिडीयोमा मोडल तथा गीतकार विरेन्द्र कुमार शाह, दक्षिणा भटराई, सम्झाना दर्नाल र सन्तोस बास्तोलाको अभिनय देख्न सकिन्छ ।13083251_926264904157198_7243450138226357760_n
भिडीयोलाई गायक प्रवलदिप विस्वाशले निर्देशन गरेका छन् भने छायाकंन अमर ल्यामो मगरले गरेका छन् । म्युजिक भिडीयो मोरङ्गका विभिन्न रमणिय स्थानमा छांयाकन गरिएको छ निर्देशक प्रवलदिप विस्वासले आवरविराटनगर नेटलाई जानकारी दिए । , यस म्युजिक भिडीयोमा खास गरि मोडल विरेन्द्र शाहले दुई जना युवतीहरुसंगको माया प्रेममा पारेर धोका दिएको देखाउन खोजीएको छ । उक्त म्युजिक भिडीयोमा मोडल दक्षिणा र सम्झनाको पहिलो डेब्यु गरेका छन् । साथै विरेन्द्र र सन्तोषले यस अघि साजन राईको बांचुन्जेल मान्छे संसार आफ्नै पारु भन्छ र मिस्टेक अफ लाईफ लगायत छोटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्