फेसनोभामा लट्ठ विराटनगर

फेसनोभामा लट्ठ विराटनगर

प्रेम देवान
विराटनगर १९ बैसाख । विराटनगरमा पहिलो पटक स्थानिय लेडी मोडलहरुलाई व्यावसायिक तथा उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विराटनगरको नमस्कार होटलमा गए राती अबेर सम्म भएको फेशन शो भव्यरुपमा सम्पन्न गरिएको छ ।
होटल नमस्कार र करिज्यमेटिक एड्भान्टेज एडरभाईजिङको संयुक्त आयोजनामा फेसनोभा नामक फेशन शो सम्पन्न भएको छ ।
विराटनगरमा पहिलो पटक आएकी पुर्व मिस नेपाल इभाना मानन्धर र फेशन डिजाईनर मनिस राईको डिजाईन तथा मोडल जतिन ताम्राकारको कोरीयोग्राफीमा भएको फेशन शोमा विराटनगरका १० जना मोडल र्याम्पमा उत्रेका थिए ।
सांझ ७ बजेबाट सुरु भएको र्याम्पीङ्गमा जब मोडलहरु उत्रन थाले दर्शकहरुको माहोलमा हुटिङ्ग हुन थाल्यो । जम्मा ५ वटा विधामा उत्रिएका मोडलहरुले आम दर्शकलाई प्रयाप्त मनोरञ्जन दिए ।

fashionova
कार्यक्रममा स्थानिय डान्स सेन्टर कलाकार र गायक सौरभ भट्टराईको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो ।
फेशन शोमा पुर्वेली सुपर मोडल पूर्व विजेताहरु रेष्मा घिमिरे, सुम्नीमा खापुङ्ग लिम्बु, आस्ना कोईराला, गरिमा श्रेष्ठ, अम्विका प्रधान, रिया आर्चाय, फरिस्ता नेपाल, कामना भुजेल, अनुपमा बास्तोला, लगायत फेशेन शोको र्याम्पमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्