मिस्टर एण्ड मिस एसएलसीको प्रशिक्षण तालिम सुरु

<span class='c1'>मिस्टर एण्ड मिस एसएलसीको</span> <span class='c2'>प्रशिक्षण तालिम सुरु</span>

प्रेम देवान
विराटनगर २२ बैसाख
मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को बन्द सत्रको प्रशिक्षण तालिम मंगलबारबाट सुरु भएको छ । गत बैसाख १५ गते पहिलो अडिसनबाट छानिएका १५ जना छात्र र १५ छात्रा गरी ३० जनालाई विराटनगरको नमस्कार होटलमा प्रशिक्षण तालिम सुरु गरिएको हो ।

जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी प्रतियोगिता गरीएको आयोजकको दावी छ। मोफसलमा रहेका युवाहरुको व्यक्तित्व विकास गर्नुको साथै उनीहरुलाई पढाईप्रति लगाभ राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको म्यानिजमेन्टका निर्देशक जयराज रायले जानकारी दिए ।

आज देखी सुरु गरिएको तालिमको कोरियोग्राफि मोडल तथा नायक जय शर्मा र मोडल रक्षा खत्रीले गरेका छन् । आगमी जेठ १५ गते हुने फाइनलको विजेताले विराटनगरमा रहेको शिक्षादीप कलेजमा कक्षा १२ सम्म निः शुल्क रुपमा अध्ययन गर्न पाउने भएका छन् । फस्ट रनरअप हुनेलाई ७५ र सेकेन्ड रनरअप हुनेलाई  ५० प्रतिशत छात्रवृद्धी रहेको निर्देशक रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्