साहित्य : गजल – नबिना रेग्मी

<span class='c1'>साहित्य : गजल</span> <span class='c2'>– नबिना रेग्मी</span>

माटो कै मुर्ती कसैको नाम शिव पार्वती अनि काली हुन्छ
मागेको पुगे सबैको भगवान नत्र दिने उल्टै गाली हुन्छ

 
पैसा चढाउन जाने हरुको भिड लाग्छ जहिले मन्दिरमा
बाहिर हेर माग्न बसेका मगन्तेका कचौरा खाली हुन्छ
मानबता हराइ सकेको उसको हिजो आज समाजमा
फेरी किन त्यहि मान्छे नै मानब अधिकारको माली हुन्छ
जसको मुटु नै नेपाली हैन कहाँ हुन्छ माया नेपालको
पछि किन बारबार त्यहाँ उसैको हाली महाली हुन्छ
नारी भई बेच्दछन् नारी नै रातारात धनी हुनेहरु
बिहान धुप अक्षता फुल र हातमा पुजाको थाली हुन्छ

 

नबिना रेग्मी
बिराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्