पत्रकारीता संगै संगीतीक क्षेत्रमा जम्दै: निखिल राउत

<span class='c1'>पत्रकारीता संगै संगीतीक क्षेत्रमा</span> <span class='c2'>जम्दै: निखिल राउत</span>

बिराटनगर-बैशाख २४
पत्रकारीता क्षेत्रमा संघर्ष गरीरहेका निखिल राउत अहिले नेपाली सांगीतिक क्षेत्रमा पनि संघर्षरत भएका छन् । एरिना टेलीभिजनबाट पत्रकारीता मा लागेका उनी पछिल्लो समय नेपाली गीत संगीतमा समेत आफ्नो उच्च औदा बनाउन लागि परेका छन् ।

सानै उमेरबाट आमा शान्ति देवी र बुवा घनश्याम यादवसंगै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विवेक मोरंगको बिराटनगरमा रहेर सांगीतिक क्षेत्रमा संघर्ष गर्दैछन् । सप्तरीको रायपुर गाविसको रुपनी बजार हाल शम्भुनाथ नगरपालिका १ मा वि.स. २०५० सालमा जन्मिएका विवेक सानै उमेरदेखी गित संगित प्रति अथाह रुचि भएको बताउँछन । गायक बन्ने सपना संगालेर गुनगुनाउँदै यादव २०६७ सालमा विराटनगरका संगीतकार सुधिर साहीको साथ पाएर औपचारिक रूपमा गायक बने ।

उहाँकै शब्द र भावना घिमिरेको शब्द तथा सुधिर साहिको संगीतमा कहाँ हरायौ तिमि मेरो दिल तोडी ‘र बेचैनी ले बढ्छ धड्कन‘ बोलको गीतमा उनले पहिलोपटक स्वर भरेका हुन । त्यस यता स्टेज शो र अन्य कार्यक्रमहरुमा आफ्नो प्रतिभा पस्किंदै आएका राउत भर्खरै आफ्नो पहिलो एकल एल्बम “दिल को उपहार” सार्वजनिक गरेका छन ।

हालसम्म ५ वटा आधुनिक गितहरु संग्रहित उहाँको एल्बममा चर्चित गायिका सिर्जना कार्की समेत साथ दिएकी छिन । एल्बममा निखिल राउत, भावना घिमिरे र मिनकुमार नवदितको शब्द रहेको छ भने सुधिर साही र नितिन गजुरेलले संगीत भरेका छ्न ।नेपाली सांगीतिक क्षेत्रमा केही नयाँपन पस्कने सोच सहित संघर्ष गरिरहेको यादव बताउँछन् । भविष्यमा यहि क्षेत्रमा केही गरेर देखाउने उहाँको सोच रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्