आगलागीबाट चार लाखको क्षती

आगलागीबाट चार लाखको क्षती

तेह्रथुम,११ जेष्ठ : तेह्रथुमकको लालीगुँरास नगरपालिका १० स्थित कमला कार्कीको घरमा आज बिहान आगलागीबाट चार लाख बराबरको क्षति भएको छ ।

कार्कीको घरमा बिहान करिब ३ बजे अचानक आगलागी भएको हो । आगलागीबाट कार्कीको फुस,ढुङा माटोले बनेको घर तथा घरभित्र रहेको नगद नब्बे हजार रुपैया जल्नुका साथै अन्य मालसामानहरु समेत जल्दा अन्दाजी चार लाख बराबरको क्षति भएको पिडितले बताएका छन।

घटनास्थलमा प्रहरी चौकी लसुनेबाट प्रहरी टोली खटिगई स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्