आमाको आशीर्वाद (कविता) – दिपक शम्चु

<span class='c1'>आमाको आशीर्वाद (कविता)</span> <span class='c2'>– दिपक शम्चु</span>

मेरी आमाले
कोक्रोमा हल्लाउँदा–हल्लाउँदै
निश्चल विचार भरिदिएकी थिईन् मस्तिष्कमा
भाँडाकुटी खेल्दा–खेल्दै
संसार जित्ने शक्ति दिएकी थिईन् पाखुरीमा
काखमा राखेर, सिलोक गाउँदै
सु–मधुर स्वर भरिदिएकी थिईन् गलामा
आगन डिल लगेर, क्षितिज देखाउँदै
रमणीय दृष्य छरिदिएकी थिईन हेराईमा
मुटुभरि माया, आँखाभरि आँसु
ओठभरि हाँसो दिएर
अघि बढ्ने बाटो देखाइदिएकी थिईन् आमाले
उदास अनुहारहरुमा,बहार छाइदिने विचार थियो ।
नीरस जीवनहरुमा, प्रेमको खेती गर्ने रहर थियो ।
घामको भारी बोकेर हिड्दा–हिड्दैं
लुटियो, मैले गाउने गीतको भाका

भत्काइयो,
थाकेको बेला बिसाउने शितल चौतारी
मेरो मुटु निचोरेर
कैद गरियो ओठबाट फूत्किनै लागेको मुस्कान
यतै कतैबाट, मेरो हातको ईन्द्रधनुष खोसेर
फालिएको हो नजरमा तूवाँलो
यहीबाट कोही कसैले लुटेर मेरो आँसु
झोसिएको हो परेलीमा आगो
त्यही आगोको ज्वाला लिएर निस्कदैछु
यति विघ्न फैलिएको ऐंझेरु जलाएर
सिर्जनाको फूल रोप्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्