खोटाङमा चट्याङ लागेर दुई बिधार्थीसहित सात घाइते

खोटाङमा चट्याङ लागेर दुई बिधार्थीसहित सात घाइते

खोटाङ,२ असार : खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार दिउसो ४ बजे परेको चट्याङले सातजना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुलका बिघार्थी खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३ बर्षिय गौरब थापा,१० बर्षिया एलिजा थापा तथा शिक्षकहरु खोटाङ्ग याम्खा ८ बस्ने २२ बर्षिय सबिन कार्की,खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३३ बर्षिया देवी थापा,सोही स्थान बस्ने २६ बर्षिया मिना पाण्डे,३१ बर्षिय चन्द्र बहादुर थापा र अभिभावक ३२ बर्षिया अपसरा थापा रहेका छन् ।

घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्