बिराटनगर असार २ , झापाको दमकमा ट्यालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते हुन लागेको पिएलओ दमक रनवे फेसन शोको लागि आयोजकले मोडलहरुलाई रिफ्रेसमेन्ट तथा भ्रमण गराएको छ । मोरङ विराटचौकको पिएलओ लुब्रिकेन्ट र झापा दमकमा अवस्थित कौचा कन्ट्रक्सनको सत्याहाङ्मा कोलेनी लगायतका स्थानहरुको अवलोकन भ्रमण गराइएको इभेन्ट डाइरेक्टर बादल राईले जानकारी दिए । अडिसनमा सहभागी मध्येबाट १६ जना मोडल छनौट गरिसकेको छ । । दमक–१२ मा अवस्थित रेडक्रस भवनमा सम्पन्न हुने उक्त कार्यक्रममा हेमा राईको डिजाइनमा स्प्लेण्डर वुटिकले तयार गरेको पहिरनमा मोडलहरु असार ३ गते ¥याम्पमा उत्रदैछन् ।