ग्ल्यामर क्षेत्रबाट अगाडि बढ्ने यसका लागि मोडल : उषा

ग्ल्यामर क्षेत्रबाट अगाडि बढ्ने यसका लागि मोडल : उषा

प्रेम देवान
विराटनगर
२०४९ सालमा दार्जेलिङमा जन्मेकी मोडल उषा लिम्बू नेपालको राजधानी काठमान्डौ प्रवेश गरेको आज ८ वर्ष भयो । अहिले उनी २४ वर्षकी भइन् ।
’प्रेम, विवाह एवं बुहारीको महत्व र जिम्मेवारी बुझ्नै नपाई विवाहबन्धनमा उनी बाँधिन् । । तर झट्ट हेर्दा उनलाई वैवाहिक बन्धनमा वाधीए जस्तो भने देखीदैन ।
म जुन क्षेत्रमा लागेकी छु त्यसमा घरपरिवारको साखै रुचि र चाहना नभएको बताउने उषा आफ्नै निर्णय लिएर नबिराई मोडलिङ क्षेत्रमा अगाडि बढ्ने अठोट गरेको आवरविराटनगर नेटलाई बताईन् uusaa limbu bhukampa pidit lai helap
केही दिनअघि राजधानीमा बालबालिका सम्बन्धी एउटा सौन्दर्य प्रतियोगिताको अडिसनमा उनी निर्णायक भएको उनले बताईन् । विवाह गरेको आठ वर्षपछि ग्ल्यामर क्षेत्रबाट अगाडि बढ्ने संकल्पका साथ उनले आफना पाइला चाल्न थालेकी छिन् । यसका लागि वर्ष २०७३ को प्रारम्भलाई उनले करियरको प्रस्थान विन्दु मानेकी छन् । यस क्षेत्रबाट अगाडि बढ्न मानसिक रूपमा तयार हुन त्यति सजिलो थिएन तर त्यो शक्ति वर्ष २०७२ ले उनलाई दियो । त्यसैले वर्ष २०७२ लाई उनले ’डिटर मिनेसन इयर’का रूपमा लिएको खुलासा गरिन् ।
’पेसाले उनी ब्युटिसियन हुन् तर मिसेस नेपाल इन्टरनेसनल २०१५ मा सहभागी भएपछि मोडेलका रूपमा उनले करियर अगाडि बढाएकी हुन् ।
तिम्रो आँखामा आँसु, सानी नानीजस्ता म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उषा भन्छिन, ’विवाह भयो, खान लाउन दुःख छैन, बच्चा छ भनेर बस्यो भने घरको चौघेरामै सीमित भइन्छ । त्यसैले आफ्नो कलालाई पनि अगाडी बढाउनु पर्ने भएकाले ग्ल्यार्मसलाई पनि संगै लाने बताउछिन् । उषाले ’ मिसेस नेपाल इन्टरनेसनलका प्रतियोगीसँग मिलेर सिन्धुपाल्चोकको मार्मिङ गाविसका भुकम्पपीडितलाई सहयोग गरेकी छिन् ।usssa limbu
उषालाई यसका अलवा समाजसेवामा पनि हात हाल्न खुबै मन भएको बताउछिन् भविष्यमा यसलाई निरन्तरता दिने उनले अठोट राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्