कविता : बालापन

<span class='c1'>कविता :</span> <span class='c2'>बालापन</span>

 

ओए ओए.. , उसले गुच्चा हान्यो
खोपीमा पिलायो
छंगछंग गोजी बजायो अनि
म राजा भन्दै सबलाई एक धाप लगायो

त्यो धुलो माटो
त्यो भिरालो बाटो
कतै लड्दै ,कतै फलाक्दै
त्यो चौरको कान्लामा
खोपी बनाउदै ,
१ मा ८ गुच्छा बटुल्दै

 

child1

त्यो सिंगानेको १० गोटी
त्यो रामेको धुले भोटि
त्यो कलको पानी ,तिर्खा मेटी
कहिले गामबेसी झरिन्थ्यो
कहिले खोला नाला तरिन्थ्यो

त्यो मोजा को बल
त्यो माटो को घर , संगै परालको खाट
कहिँ आप रितिन्थ्यो कतै फरर पात
ओए काले काक्रा चोर भन्दै धारे हात

त्यो पत्रिकाको गाता ,
त्यो प्लास्टिकको छाता
एक सर्के झोला बोकी
कपि संगै कलम टोकी
त्यो मास्टरको गालि ,कापीका पानामा
मास्टर बनाइँ
राछेसको सिङ् हाली

त्यो बालापन
त्यो माटोको घर
त्यो मोजाको बल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्