बिराटनगरमा मिस्टर कोशी हुदै 

बिराटनगरमा मिस्टर कोशी हुदै 

प्रेम देवान
जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले फेरी अर्को फेशनको शहर विराटनगरलाई तहल्का मनाउने भएको छ ।
जय मिडीयाले विशेष गरी युवा पुरुषहरुलाई लक्षित गरी मिस्टर कोशी गर्न लागेको हो । आगामी साउनको दोस्रो साता देखी अडिसन सुरु गरिने जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए ।
निर्देशक रायका अनुसार कोशी अञ्चलभरी रहेका १८ वर्ष देखी २५ बर्ष उमेरका युवा पुरुषले सहभागिता जनाउन सक्ने भएका छन् । मिस्टार कोशीका विजेतालाई एउटा मोटरसाईकल तथा अवार्ड लगायत म्यान हण्ट ईन्टरनेशनलमा सहभागिता जनाउन सक्नेछन् । यसका साथै टप ५ का विजेताहरुले पनि म्यान हण्ट ईन्टरनेशनल ईभेन्टमा सहभागी जनाउने छन् । मिस्टर कोशीको अहिले धमाधम आवेदन फारम जारी रहेको निर्देशक रायले बताए । जय मिडिया मेनेजमेन्ट प्रालिले केही समय अगाडी मिस कोशी र मिस्टर एण्ड मिस एसएलसी सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्