साहनाको स्टाटसप्रति रोनाल्डो समर्थकको आक्रोश

साहनाको स्टाटसप्रति रोनाल्डो समर्थकको आक्रोश

बिराटनगर असार २७ , यूरो कप २०१६ को फाइनल खेल सुरु भएको ८ मिनेटमा नै पोर्तुगलका कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएका थिए । घाइते भएर पनि उनले २५ मिनेट सम्म खेलिरहे , उनलाई चोटका कारण पिडा बढेपछी उनी मैदानबाट बाहिर आए । आँखाभरी आसु बोकेर मैदान छाडेका उनलाई देखेर उनका टिमका साथीहरु साथै पुरै विश्व उनीप्रति सहानुभूति दिइरहेको थियो । त्यतिकैमा सामाजिक संजाल फेसबुकमा नेपाली कलाकार साहना बज्राचार्यले रोनाल्डोले नाटक गरेर बाहिर आएको र उनले अब फुटबल छाडेर कलाकारिता सुरु गर्नुपर्ने स्टाटस राखेपछि एक्कासी सामाजिक संजालमा बज्राचार्यको स्टाटस भाइरल भयो । आफ्ना प्रिय खेलाडी घाइते भएर खेल्न नसकेको अवस्थामा नेपाली सेलिब्रिटी तथा मिस नेपाल बिजेताको यस्तो स्टाटसले रोनाल्डो समर्थक तथा सम्पुर्ण खेलप्रेमीलाइ नै आक्रोसित बनायो । उनको स्टाटसमा हजारौ नकारात्मक प्रतिक्रिया आउन थाल्यो , साहनाले खेल भावना बिपरित यस्तो भनाइ बाहिर ल्याएको भन्दै उनको आलोचना सुरु भएको थियो  । केहि बेर मै उनलाई लक्षित गरि बिभिन्न ट्रोलहरु पनि बने तर साहनाले न त त्यस स्टाटसलाइ डिलिट गरिन न कुनै प्रतिक्रिया पनि जनाइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्