हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने युवाहरूलाइ प्रदान गर्ने “युवा प्रतिभा तथा युवा उधमी प्रोत्साहान पुरस्कार” याे पटक एक खुट्टाले नृत्य गर्नु हुने निलम ढुंगानालाइ प्रदान गरेकाे छ । १५ वर्षको उमेरमा दुर्घटनामा परि एक खुट्टा गुमाउन पुग्नु भएकाे ढुंगानाले देश तथा विदेशका विभिन्न कार्यक्रमहरूमा एक खुट्टाले नै नृत्य गरि सबैलाइ अाश्चर्यचकित पार्दै प्राेत्साहन समेत प्रदान गर्दै अाउनु भएकाे छ । राष्ट्रीय युवा परिषदले अायाेजना गरेकाे एक विशेष कार्यक्रम विच उहाँलाइ माननीय खेलकुद मन्त्री सत्यनारायण मण्डलले सम्मान गर्नु भएकाे थियाे ।