“यो साइनो मायाको” चलचित्रको साउन १३ गते बिराटनगरमा रेड कार्पेट शो

<span class='c1'>“यो साइनो मायाको” चलचित्रको साउन १३</span> <span class='c2'>गते बिराटनगरमा रेड कार्पेट शो</span>

बिराटनगर असार २८ ,

यो साइनो मायाको चलचित्र गत मङ्सिर महिनामा सुटिङ सकिए लगतै सम्पूर्ण पोस्ट प्रोडक्सनको कार्य सम्पन्न गरी साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ । साङितिक प्रेम कथामा आधारित चलचित्र यो साइनो मायाकोमा नया कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्र निर्देशक अरुण प्रधानले बताए । सबै कलाकार अडिसन मार्फत छ नोट गरेका निर्देशक प्रधानले अहिले कलाकारको नाम भने खुलाएका छैनन ।

 

साउन १३ गते हिमालय टाकिज बिराटनगरमा , भाद्र अन्तिममा धरान पछी सिक्किम बिर्तामोड लगाएत युके, अस्ट्रेलियामा चलचित्रको बिषेश शो गरेपछी फाल्गुन महिनामा नेपालभर प्रदशनमा ल्याउने जानकारी प्रधानले दिनुभयो । यो साइनो मायाको मन्जिना मुभिजको ब्यानरमा तयार भएको हो जस्मा कथा मन्जिनाको रह्को छ भने पठ्कथा सम्बाद स्वयम निर्देशक प्रधानको रहेको छ । कुन्दन थापा,बिकेस के शंकरको संगीत रहेको यस चलचित्रका गीतहरुमा शिब परियार,मनिशा पोख्रेल,कोसिश क्षेत्री,मेलिना राइ,बिकेश के शंकर र ज्योती सुब्बाको आवाज रहेको छ ।

चलचित्रको सम्पादन बनिश शाह र मिलन श्रेस  गरेका छन भने बाबुराम नेपालीले क्यामरा चलाएका छन । यो साइनो मायाकोमा लगानी राम कुमार श्रेष्ठ लगाएत सुरेश भन्डारी, ज्ञानु रोयको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्