यो साइनो मायाको बिराटनगरमा रेड कार्पेट हुदै

यो साइनो मायाको बिराटनगरमा रेड कार्पेट हुदै

प्रेम देवान
मोफसलमा संघर्ष गर्दै बनाईएको यो साइनो मायाको चलचित्र यही साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ ।
मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको ‘यो साइनो माया को’ चलचित्रको पहिलो प्रिमियर शो आउँदो बिहीबार विराटनगरमा हुने भएको हो । चलचित्र निमार्ण यूनिटले आज विराटनगरमा पत्रकार सम्मेलन गरि विराटनगरमा रहेको हिमालय टाकिजमा हुने जानकारी गराएको हो । saino1
साङ्गितिक प्रेम कथामा आधारित चलचित्र यो साइनो मायाकोमा नया कलाकारहरुको बाहुल्यता रहेको चलचित्रमा निर्देशन अरुण प्रधानले गरेका छन् । सो फिल्ममा भने प्राय नया तथा पुराना कलाकारहरुलाई डेब्यु गराईएको छ ।
साउन १३ गते हिमालय टाकिज बिराटनगरमा , भाद्र अन्तिममा धरान पछी सिक्किम बिर्तामोड लगाएत युके, अस्ट्रेलियामा चलचित्रको बिषेश शो गरिने चलचित्र निर्देशक प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराए ।
मोफसलमा बसेर कलाकारिता क्षेत्रमा संघर्ष गर्दै आएका विराटनगरका नायक तथा मोडल जतिन ताम्राकार मुख्य नायक तथा २०१४ की सुपर मोडल विजेता मोडल तथा नर्स रेष्मा घिमिरेले डेब्यु गरेकी छिन् ।
अरुण प्रधानले निर्देशन गर्नुभएको ‘यो साइनो माया को ’ चलचित्रले दशर्कहरुले रुचाउने तथा हलमा फिल्म हेरिसकेपछी आम दर्शक रुदै हलबाट निस्कनेछन्.उनले दावी गरे । फिल्म एक दमै परिवारीक छ सबैले हेर्न सकिन्छ ,उनले भने ।saino 3
गरेपछी फाल्गुन महिनामा नेपालभर प्रदर्शनमा ल्याउने जानकारी प्रधानले बताए । सो फिल्ममा पटकथा सम्बाद स्वयम निर्देशक प्रधान कै रहेको छ । कुन्दन थापा,बिकेस के शंकरको संगीत रहेको यस चलचित्रका गीतहरुमा शिब परियार,मनिशा पोख्रेल,कोसिश क्षेत्री,मेलिना राई, बिकेश के शंकर र ज्योती सुब्बाले गीत गाएका छन् । चलचित्रको अन्य कलाकारहरुमा नभनित राज प्रधान, राजु भुजेल, किशोर भण्डारी सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा रहेका छन् ।

चलचित्रको सम्पादन बनिश शाह र मिलन श्रेष्ठ गरेका छन् भने बाबुराम नेपालीले क्यामरा चलाएका छन । यो साइनो मायाकोमा लगानी राम कुमार श्रेष्ठले करिब ६५ लाख खर्चिएका छन् , यसका अलवा सुरेश भन्डारी, ज्ञानु रोयको पनि लगानी रहेको छ ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्