५५ ले आज विरेन्द्र सभागृहमा महाभिडन्त गर्दै

५५ ले आज विरेन्द्र सभागृहमा महाभिडन्त गर्दै

विराटनगर, २१ साउन । स्कूलमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्नुको साथै उनीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगिताको फाइनलमा ५्५ जना प्रतियोगिले आज विरेन्द्र सभागृहमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनलको लागि पूर्वाञचलको विभिन्न जिल्लाहरुबाट ५५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । पूर्वी सहर धरान, विराटनगर, इटहरी, दमक र विर्तामोडमा भएको अडिसनबाट ५५ जनालाई फाइनलमा छनौट गरिएको कार्यक्रम संयोजक निकिता थापा मगरले जानकारी दिईन् । अडिसनबाट प्रतियोगिहरुको प्रतिभाको मूल्याकनको आधरमा फाइनलमा छनौट गरिएको संयोजक थापाले जानकारी दिईन् ।

डाईनमिक्स फिल्मस एण्ड इभेन्ट एकाडे्मीे प्रा.लि. ले आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँको साथै म्यूजिक भिडियोमा अभिनय गर्ने पाउने छन् । त्यसको साथै विभिन्न गिफ ह्याम्पर आकषर्ण ट्रफि रहेको छ ।
प्रतियोगिताको द्धितीय हुनेलाई नगद २० हजार र तृतीयलाई १० हजार साथै ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनलमा पुगेका २६ जनालाई पुरस्कार आयोजकले वितरण गर्ने तयारी गरेको छ । फाइनलमा पुगेका प्रतियोगिहरुबाट जसले अत्याधिक भोटिङ्ग ल्याउछन् उसलाई जेयस कम्पनीको मोवायलस प्रदान गर्ने भएको छ । त्यस्तै पब्लिकको रोजाइमा पर्ने ६ जनलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यसैविच आज हुने फाईनल राउण्डको निर्णक मण्डलहरुमा अनुपम श्रेष्ठ,आषिस गुरुङ्ग र सोनाम लाामा रहेका छन्.।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्