पुर्वाअञ्चल एकल नृत्यको उपाधी अनुप तामाङ्गलाई

पुर्वाअञ्चल एकल नृत्यको उपाधी अनुप तामाङ्गलाई

प्रेम देवान
डाईनामिक्स फिल्म एण्ड इभेन्ट एकेडेमी प्रा.लि.ले आयोजना गरेको पुर्वाअञ्चल स्तरीय एकल नृत्य प्रतियोगीताको उपाधी धरानका अनुप तामाङ्गले उपाधी चुमेका छन् ।
स्कुल तथा कलेज अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्नुको साथै उनीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको पूर्वाञ्चलस्तरीय नृत्य प्रतियोगिताको फाइनलमा ५४ जनालाई पछी पार्दै प्रतियोगी न १५० अनुप तामाङ्गले नगद ३० हजार र म्युजिक भिडीयोमा अभिनय गर्ने मौका पाएका छन् । त्यसैगरी फस्ट रनरअपको उपाधी जीत्न सफल धरानकै प्रतियोगी न ११७ आस्था अर्याल हुन सफल भईन । उनले नगद २० हजार र टफी जित्न सफल भईन ।
विराटनगरकी प्रतियोगी न २८ सरस्वती सेर्पाले १५ हजार संगै टफी प्रमाण पत्र हात पारीन् ।

गत जेष्ठ २५ गते देखी सुरु भएको प्रतियोगिताको फाइनल साउन २२ गते विराटनगरको विरेन्द्र सभागृहमा सम्पन्न भएको थियो । पूर्वी सहर धरान, विराटनगर, इटहरी, दमक र विर्तामोडमा भएको अडिसनबाट ५५ जनालाई फाइनलमा छनौट गरी टप टेनमा छनौट गरिएको थियो । त्यसपछी ३ उकृष्ट जना मध्ये विजेता, उप विजेता र दोस्रो विजेता निर्णयक मण्डलको जजेमेन्टबाट प्रतियोगी छनौट गरीको कार्यक्रम संयोजक निकिता थापा मगरले जानकारी दिईन् । अडिसनबाट प्रतियोगिहरुको प्रतिभाको मूल्याकनको आधारमा विजेता उप विजेता छनौट गरिएको संयोजक थापाले जानकारी दिईन् ।

पुर्वाअञ्चल स्तरीय एकल नृत्य प्रतियोगीताका फाईनल राउण्डको निर्णयक मण्डलहरुमा काठमान्डौबाट अनुपम श्रेष्ठ,आषिस गुरुङ्ग र सोनाम लामा रहेका थिए .।

dan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्