छक्का पंञ्जा लिएर दिपकराज गिरी विराटनगर

छक्का पंञ्जा लिएर दिपकराज गिरी विराटनगर

विराटनगर २४ साउन ।
हस्यकलाकार रुपमा ख्याति कमाएका दीपकराज गिरी ‘छक्का पञ्जा’ चलचित्रको प्रचार प्रसार गर्दै पूर्वी शहरमा निस्किएका छन् । आगामि भदौ २४ गतेबाट देशभरी कै सिनेमा हलहरुमा प्रदर्शनीमा आउने चलचित्रको प्रसार –प्रसार गर्दै सोमबार विराटनर आइपुगेका हुन ।
वैदेशिक रोजगारको जाने यूवाहरुको कथा बस्तुलाई समेटिएको पत्रकार सम्मेलनमा दिपकराज गिरी जानकारी दिए । यस अघि चलचित्र ६ एकान ६’ र वाड नम्बर ६ जस्ता फिल्मले नाम कमाईसकेको छ । प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जाले’ समेत व्यावसायिक रुपमा सफलता हात लिने चलचित्रको निर्मता समेत रहेका दिपक राज गिरीले बताए । यसअघि पूर्वी सहर इटहरी, विर्तामोडमा चलचित्रको बारेमा जानकारी गराइसकेका छन् ।
कथा बस्तु समेत राम्रो रहेको सफलता हात लिने निमार्ण पक्षले अपेक्षा गरेका छन् । दिपा श्री निरौलाले छक्का पञ्जाबाट निर्देशकको रुपमा डेब्यू गरेको चलचित्र लागत ९० लाख रुपैयाँ खर्च भएको बताइएको छ । काठमाण्डौ र नवालपरासिमा छाँयाकन गरिएको चलचित्रको कलाकारहरुमा दिपकराज गिरी, जितु नेपाल(मुन्द्रे), बुद्धि तामाङ्ग, कराद घिमिरे – माग्ने बुढा), शिवहरी पौडेलको मूख्य भुमिका रहेको छ । चलचित्रको नायिकामा भने प्रियाङ्गका कार्की र वर्षा राउत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्