विराटनगरका दुई कलेजका विद्यार्थीले विश्व रेकर्ड बनाएको दाबि गरेका छन्

विराटनगरका दुई कलेजका विद्यार्थीले विश्व रेकर्ड बनाएको दाबि गरेका छन्

विराटनगर, साउन २४ 13956778_1755930744692708_1654885960_n
विराटनगरमा रहेको कोवास कलेजमा विज्ञान संकाय कक्षा–१२ मा अध्यनरत सुलिल हास्दाले ५७ दशमलव २७ सेकेन्डमा एक सय जनासँग हात मिलाएर नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । यस अघिको नर्थ अमेरीकाका इयरको फेन्टेसले सन २०१४ मा १ मिनेट ४५ सेकेन्ड विश्व रेकर्ड गरेका थिए । हामिले हात मिलाएर रेकर्ड गरेको भिडियो गिनिज वर्ड रेकर्डको कार्यालयमा पठाएका छौ कही दिनमा रेकर्ड भएको खुशीको खबर पाउनेमा आशाबादि रहेको कोबास कलेजका प्राचार्य सुनिल श्रेष्ठले बताए ।

13956956_1755930788026037_1805422582_nत्यसै गरी विराटनगर–९ मा रहेको मेरील्याण्ड कलेजमा अध्यनरत मनिस श्रेष्ठले एक मिनेटमा एक सय आठ जनासँग अंगालो मारेका नयाँ विश्व रेकर्ड बनाएको दाबि गरेका छन् । उने भारतका कृष्णकुमारले एक मिनेटमा ७९ पटक अंगालो मोरेको रेकर्ड तोडेको दाबि गरेका छन् । कृष्णकुमारले एक महिना अगाडि सो उपलब्धि हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्