मिसेस पुर्वाअञ्चल तिज ताराको उपाधी सुनखरी समुहलाई

मिसेस पुर्वाअञ्चल तिज ताराको उपाधी सुनखरी समुहलाई

प्रेम देवान
विराटनगर १२ भदौ । विराटनगरमा पहिलो पटक स्रष्टा नेपालले आयोजना गरेको मिसेस पुर्वाअञ्चल तिज तारा २०७३ को उपाधी सुनाखरी समुहले हात पारेको छ ।
विराटनगरको विरेन्द्र सभागृहमा शनिबार आयोजना गरिएको तिज ताराको उपाधी विराटनगरमा रहेको सुनाखरी समुहले नगद १५ हजार सहित पुर्वाअञ्चल मिसेस तिज ताराको ताज पहिरन सफल भएको सष्ट्रा नेपालीकी अध्यक्ष विन्दीया कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार न्यू डाईनामिक सेन्टर फस्ट रनर अपको उपाधी हात पारेको र नगद १० हजार सहित पुर्वाअञ्चल मिसेस तिज ताराको ताज पहिरन सफल भएका छन् । तिज तारामा ईसिका ग्रुप सेकेन्ड रनरअप हुन सफल भएको छ । साथै ग्रुपले नगद ५ हजार सहित ताज पहिरीन सफल भएको छ । महिलाहरुमा भएको भित्री नृत्य प्रतिभालाई बाहिर ल्याएर प्रस्टफुटन गराउने मुख्य उद्धेस्यका साथ आयोजना गरीएको तिज ताराको निर्णयक मण्डलमा धुव्र लकान्द्री र रविन तामाङ्ग रहेका थिए ।DSC_0408
कार्यक्रममा प्रमुख अतिथी पुर्वाअञ्चल बाल आश्रमकी अध्यक्ष सिता पोखरेल विशिष्ट अतिथी गगां सुवेदी, डिल्ली पोखरेल, भीम पराजुली, धन प्रसाद शिवकोटी,झुमा पाठक हिमा मैनाली पोखरेलले विजयी समुहलाई पुरस्कार हस्तान्तण गर्नुभएको थियो ।
यसैगरी कार्यक्रम पुर्वेली सुपर मोडल विजेता २०१४ र २०१५ विजेता रेष्मा घिमीरे र सुम्नीमा खापुङ्ग , सेतो बाघकी नायिका अञ्जना कट्टेलको उपस्थितले कार्यक्रमलाई झनै रौनकमय बनाईदिएको थियो ।
कार्यक्रममा मिष्ट्री डान्स सेन्टर, जावेद डान्स ग्रुप लगायत अन्य एकल नृत्य प्रस्तुत गरीएको थियो । तिज तारालाई अन्तरिक तथा वाह्य रुपमा सहयोग गर्ने संघ सस्था तथा व्यत्तीत्वहरुलाई सम्मान गरीएको कार्यक्रम सांयोजक सुनिता उप्रेतीले जानकारी दिनुभयो । साथै आगामी वर्षमा यसभन्दा फरक र मनोरञ्नात्मक किसीमको तीज तारा गर्ने आफूहरुको लक्ष्य रहेको संयोजक उप्रेतीले बताउनुभयो । DSC_0397

तस्वीर ः प्रेम देवान /आवर विराटनगर डट नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्