ग्ल्यमरस नेपालले गरे पत्रकार सम्मेलन

ग्ल्यमरस नेपालले गरे पत्रकार सम्मेलन

विजय धिमाल

राजघाट १६ भाद  

बालबालीकाको क्षमता विकास अभिबृद्धि गर्ने उद्देश्यका साथ लागिपरेको ग्ल्यमरस नेपालले मोरङको उर्लाबारी स्थित संचार क्लब नेपालको हलमा पत्रकार सम्मेलन गरेको छ । ग्ल्यमरस नेपालले गर्दै अएको प्रतियोगिताहरु नफा मुखि र ठग्ने प्रबृत्ति बढ्दै गएको भन्दै बिभिन्न मिडियाहरु बाट समाचार प्रशारण भएकोले स्पस्टिकरणकालागी पत्रकार सम्मेलन गरेको हो । मोरङको उर्लाबारी स्थित सम्पन्नहुन लागेको लिटल प्रिन्स एण्ड प्रिन्सेश प्रति नकारात्मक कार्य विधि नभएको ग्ल्यमरस नेपालल प्रस्टाए । तेरिया मगरको उदाहरण दिदै पढाई मात्र सबैथोक नरहेर पढाई संगै प्रतिभा प्रशफुटनहुन नितान्त आवश्यक रहेको कोरीयोग्रफर लक्ष्मण ज्वयल श्रेष्ठले प्रस्टाउनु भएको थियो । छनौट भएका बालकालीकाहरुलाईृ २० देखि २५ दिन भित्रमा तालिमहरु बाल योगा, लिडरसिप, उद्घोषण, ट्लेन्ट सो, स्थानिय तथा स्वदेशी सामाग्रीहरुको प्रयोग, ब्युटिसीयन, विधुतिय मिडिया, भ्रमण, ट्रफिक नियम, बैंकिङ बचत, आत्मसुरक्ष, छापा मिडिया, बालअधिकार जस्ता कुराहरु सिकाउदै आएको ग्ल्यमरस नेपालका अध्यक्ष आशिम ज्वयल श्रेष्ठलले बताए । थप्दै छनौट भएका सहभागी बाट उठेको रकम र विज्ञापनका खातिर उद्दोग, संघसंस्थाको स्पोन्सर बाट यी कार्यक्रहरु गर्दै आएका छौ, रकम अपुग भएको खण्डमा आफ्नै खल्तिबाट बेहोर्नुपर्ने अवस्था समेत भएको छ । उर्लाबारी स्थित भाद्र १९ गते लिटल प्रिन्स एण्ड प्रिन्सेश २०१६ को बन्दसत्र हुने छ भने असोजको पहिलो हप्ताह ग्राण्ड फिनाले वा फाइनल राउण्ड हुने छ । उर्लाबारीमा भैरहेको यस प्रतियोगितामा ६ देखि १० वर्षका जुनियर र १० देखि १५ वर्षका सिनियर गरी दुइ समुहबनाई उत्कृष्ठ विजेता वर्ष २०१६ को ताज संगै क्राउन, प्रमाणपत्र, आकर्षक पुरस्कार सहित सेलिब्रेटी घोषण गरिने आयोजकले जानकारी दिए । उर्लाबारीका विभिन्न विध्ययालयहरु बट करिब एक सय भन्दा बढी सहभागी रहेको थियो । यी मध्ये आत्मविश्वास, प्रस्तुतीकरण र अनुसाशनको आधारमा भाद्र ११ गते भएको पहिलो अडिसन बाट ९० जना छनौट भएको छ । ग्ल्यमरस नेपालले नेपालको बिभिन्न ठाउँहरुमा लिटल प्रिन्स एण्ड प्रिन्सेश गराउदै आएको छ । पत्रकार सम्मेलनमा ग्ल्यमरस नेपालका अध्यक्ष आशिम ज्वयल श्रेष्ठल, कोरीयोग्रफर लक्ष्मण ज्वयल श्रेष्ठल, सल्लाहकार कमल नेपाल, देबु गड्तौला सहित उर्लाबारी, पथरी, बेलबारी लगायत आसपासका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्