ओस्कार अवार्डको लागि नेपालबाट प्रतिस्पर्धामा भिड्नको लागि तीन नेपाली फिल्मले तत्परता देखाए

ओस्कार अवार्डको लागि नेपालबाट प्रतिस्पर्धामा भिड्नको लागि तीन नेपाली फिल्मले तत्परता देखाए

ओस्कार अवार्डमा फिल्मलाई सहभागि गराउनु पाउनुलाईनै पनि फिल्मको सफलताको रुपमा लिइने गरीएको छ ।यस पटकको ओस्कारको प्रतिस्पर्धामा भिड्नको लागि तिन नेपाली फिल्मले तत्परता देखाएका छन ।ओस्कारमा कुन फिल्म पठाउने त्यो चयन गर्नको लागि छनोट समितिको गठन गरीएको छ ।यस पटक अनिल थापाको निर्देशन रहेको को आफनो,मिन बहादुर भाबको निर्देशन रहेको कालो पोथि र दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म पशुपति प्रसाद फिल्मले ओस्कारमा आ आफ्नो फिल्मलाई प्रतिस्पर्धामा पठाउनको लागि सुचि दर्ता गराएका छन ।को आफ्नो फिल्मले पारीबारीक कथा बस्तुलाई उठाएको छ ।कालो पोथिले मुगुमा द्धन्ध कालिन समयको दुइ बालकको कथालाई प्रस्तुत गरेको छ ।पशुपति प्रसाद फिल्मले पशुपतिमा क्षेत्रकै बिषय बस्तुलाई पशुपति प्रसाद पात्र मार्फत प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्