नेफ्टा फिल्म अवार्ड २०७२’ दुबईमा गरीदै

<span class='c1'>नेफ्टा फिल्म अवार्ड</span> <span class='c2'>२०७२’ दुबईमा गरीदै</span>

‘नेफ्टा फिल्म अवार्ड’को नवौं संस्करण घोषणा भएको छ । चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको उक्त‘नेफ्टा फिल्म अवार्ड २०७२’ युएईको दुबईमा हुने भएको छ ।आयोजित एक कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघले नवौं नेफ्टा अवार्ड युएईको दुबईमा हुने जानकरी गराएका छन् । आयोजित कार्यक्रममा नेफ्टाका अध्यक्ष पुष्कर लामा र दुबईको लागी मध्यस्तकर्ता बनेका स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले कार्यक्रमको बारेमा जानकारी गराए ।विगतका बर्षमा ३४ विधामा हुँदै आएको अवार्डमा यस पटक देखी केहि बिधालाई कटौती गर्दै २८ विधामा झारिएको पनि जानकारी आयोजकले जानकारी गराए । यस पटक केहि प्राविधिक विधाहरु थप गरिएको भनिएता पनि कुन वधा हटाईयो र थप गरियो भन्ने चाँही आयोजकले जानकारी गराएनन् ।
आउँदो पौषको ८ मा हुने उक्त अवार्डको लागी जुरीहरुले फिल्म हेर्ने क्रम सुरु भईसकेको आयोजकले जानकारी गराए । नेफ्टा फिल्म अवार्ड २०७२को लागी १ सय भन्दा बढि फिल्मकर्मी र सञ्चारकर्मी दुबई पुग्ने बताईएको छ । नेपाली फिल्म क्षेत्रमा निरन्तर लागिरहेका प्राविधिक र स्रष्टालाई सम्मान गर्नु नै उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको पनि आयोजको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्