‘पार्चड’को रिलीज मिती सार्वजनिक

‘पार्चड’को रिलीज मिती सार्वजनिक

अभिनेता तथा फिल्म निर्माता अजय देबगनको प्रोडक्शनमा निर्माण भएको फिल्म ‘पार्चड’ रीलीज मिती सार्वजनिक भएको छ । राधिका आप्टेकोे मुख्य भुमिका रहेको उक्त फिल्म यहि सेप्टेम्बरको २३ तारीख बाट दर्शकमाझ रीलीजमा आउने भएको छ । भने, ९ तारीखमा फिल्मको ट्रेलर सार्वजनीक हुने भएको छ ।
ट्रेलर सार्वजनीक हुनु अगावै फिल्म ‘पार्चड’को सुटिङको केहि सिनहरु सामाजिक सञ्जालमा फिल्मको लीड नायिका राधिका आप्टेको बोल्ड सिनहरु पनि लिक भएको थियो । जस्को कारणले पनि ‘पार्चड’फिल्म निकै चर्चामा रहेको छ ।लीना यादबको निर्देशनमा बनेको उक्त फिल्ममा गुजरातको ग्रामिण भेगको कथाबस्तुलाई पर्दामा प्रस्तुत हुने भएको छ । फिल्ममा चार महिलाहरु रानी,लाजो,बिजली र जानकी खट्टि मिठ्ठीको कथालाई प्राथमीकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्