‘गाँठो’लाई पिजि सर्टिफिकेट

‘गाँठो’लाई पिजि सर्टिफिकेट

नाजीर हुसेन र नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘गाँठो’ले पिजि सर्टिपिकेट पाएको छ । चलचित्र बिकास बोर्डमा गरिएको जाँच पछि फिल्म ‘गाँठो’ले पिजी सर्टिफिकेट पाएको हो । अब ‘गाँठो’ फिल्म हेर्नका लागी १६ बर्ष मुनिका बालबालिकाले अभिभावको साथ चाहिने भएको छ

बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा ‘गाँठो’फिल्मलाई तिलक बहादुर क्षेत्रि, नृपेन्द्र राज जोशी र सुरज भुषालको निर्माणमा निर्माता सुरज भुषाल आफैले फिल्मको निर्देशन पनि गरेका हुन् । ‘गाँठो’फिल्म निर्देशक भुषालको दोस्रो निर्देशनमा बनेको फिल्म हो । उनले ‘गाँठो’फिल्म भन्दा पहिल्यै होस्टेल रिटन्र्स निर्देशन गरीसकेका छन् ।
‘गाँठो’फिल्म यहि भदौको ३१ गते बाट दर्शकमाझ रीलीजमा आउँदैछ । फिल्ममा नाजिर हुसेन, नम्रता श्रेष्ठ, अभय बराल लगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई पाल्पा, गुल्मी र पोखराको विभिन्न ठाउँहरुमा खिचिएको छ । फिल्ममा समाबेश गीत संगीतलाई अनुपम शर्माले संगीतबद्ध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्